Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरएको घटनाको सम्बन्धमा व्यवस्थापिका–संसद्, अर्थ समितिले सुरक्षा निकाय र भन्सार विभागसँग छलफल गरेको छ ।

गत बिहीबार भन्सार छलेर पिङ्गलास्थान पुर्‍याइएको उक्त परिमाणको सुन केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बरामद गरेपछि विमानस्थलबाट भइरहेको सुन तस्करीबारे छलफल गर्न आज अर्थ समितिले बैठक बोलाएको थियो । बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिले आफूहरुलाई भन्सारको सुरक्षा जाँचमा सहभागी नगराइने गरेकाले सोको जिम्मा भन्सारले लिनुपर्ने बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलको भन्सारमा समेत आफूहरुलाई चेकजाँच गर्ने अधिकार दिइनुपर्नेमा जोड दिनुभयो ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारबाही गरिने बताउँदै सो बारे छानबिन समिति गठन गरिएको जानकारी गराउनुभयो । अर्थ मन्त्रालय, राजस्व विभागका सचिव राजन खनालले सुन तस्कारको जालो ठूलो रहेको भन्दै सोही कारण केही व्यवसायीले नेपाल राष्ट्र बैंकमार्फत सुन नकिनी तस्करसँग किन्ने गरेको बताउनुभयो ।

छलफलमा अनुसन्धान ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीको घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिका सदस्य हरिलाल ज्ञवालीले सुन तस्करीबारे आज प्रारम्भिक छलफल भएको र भोलि पुनः यही विषयमा बैठक बसी निर्णय लिइने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया