Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएस पेरेराले आज शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा श्रीलङ्काली राजदूत पेरेराले आगामी वर्ष नेपाल र श्रीलङ्काबीच दौत्य सम्बन्ध कायम भएको ६०औँ वर्षको अवसर पारेर निकट भविष्यमै श्रीलङ्काली राष्ट्रपतिले नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो ।

राजदूत पेरेराले गत वर्षको भूकम्पबाट क्षति भएको आनन्दकुटी विहार र रातो मच्छेन्द्रनाथको मन्दिर श्रीलङ्का सरकारले पुनःनिर्माण गर्ने जानकारीसमेत सो अवसरमा गराउनुभएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री निधिले भगवना गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने श्रीलङ्काली पर्यटकको सङ्ख्या वृद्धि गर्न राजदूतावासबाट आवश्यक समन्वय गरी दिन आग्रह गर्दै त्यस्तो भ्रमणले दुई देशबीच जनस्तरसम्मको सम्बन्ध प्रगाढ बन्दै गएको बताउनुभयो ।

उहाँले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै विकासमा श्रीलङ्काको साझेदारीका लागि आग्रह गर्नुभएको थियो । उहाँले भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा श्रीलङ्काले गरेको सहयोगका लागि राजदूत पेरेरालाई धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया