Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – ‘नेपालको पानी जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार आज साँझसम्म रु ५७ करोड ६४ लाख ९४ हजार ४८१ बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने भन्ने लक्ष्यका साथ अनलाइनमाफत नागरिकको प्रतिबद्धता खोजेको छ । ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माका अनुसार आज साँझसम्म नौ हजार १६५ जनाले लगानीको प्रतिबद्धता गरेका छन् ।

हालसम्म संस्थागत लगानीका लागि छ कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन् । त्यसमा संस्थागत लगानी रु दुई करोड ४६ लाख २५ हजार रहेको छ । ऊर्जा मन्त्रालयले सोमबार मात्रै एक वेबसाइट सार्वजनिक गर्दै सोहीमार्फत लगानीका लागि आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया