Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको बताउनुभएको छ । 

२९५ औं पृथ्वी जयन्तीका अवसरमा मंगलबार शूभकामना सन्देश जारी गर्दै पुर्वराजा शाहले चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने काम भइरहेको भन्दै दलहरुप्रति चर्को असन्तुष्टि जनाउनुभएको हो ।

शाहले आफूले राजगद्दी त्यागेको एक दशक नवित्दै नेपाल नरहने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गर्दैं उहाँले भन्नुभएको छ,‘ देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।’

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गरेको ठहर गर्दै शाहले असन्तुष्टी समेत राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया