Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । एकसय ८४ रनको लक्ष्य पच्छ्याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रनमा समेटिएपछि पुलिस क्लव विजयी भयो ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लवले न्यु राइजिङ स्टार क्लवमाथि ९ विकेटको जित निकाल्यो । न्यु राइजिङ स्टार क्लवले दिएको ८८ रनको लक्ष्य आर्मीले ११ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेटायो । आर्मीका सागर पुनले ३९ र महेश क्षेत्रीले २४ रन बनाए ।

तपाईको प्रतिक्रिया