Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेस केन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गर्नुभयो ।

नेता राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाउनुभयो । उहाँले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्‍याउनुभएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया