Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ ।

व्यवस्थापिका–संसद्मा आजको शून्य समयमा भाग लिँदै नेकपा (एमाले) का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गर्नुभयो । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो ।

बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गर्नुभएको थियो । बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिनुभएको थियो । ***

तपाईको प्रतिक्रिया