Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

इन्डोनेसिया – इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ ।

सिइएनसीका अनुसार बिहीबार विहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४ दशमलव ५३ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर इन्डा्नेसियामा परेको थियो ।

तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस विभागले भने उक्त भूकम्पीय कम्पन ६ दशमलव ९ म्याग्नीच्युडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे समाचार मंगलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

तपाईको प्रतिक्रिया