Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा गठित १९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो । माघ २ गते आइतबार बिहान ११ः५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ ।

पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार उपसमितिका संयोजक मणिराम गेलालले जानकारी दिनुभयो । कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिनेछन् । प्रदर्शनीमा २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले जानकारी गराउनुभयो ।

सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया