Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

हेटौँडा – राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख दलहरुले प्रधानमन्त्री र मन्त्री पदमा टिकिरहने लालसाले मुलुकको राष्ट्रिय अखण्डतामाथि गम्भीर सङ्कट उत्पन्न गरेको बताउनुभएको छ ।

राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बाह्य शक्तिको उत्साहटमा दलहरु उपयोग हुन नहुने उल्लेख गर्दै प्रमुख दललाई राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाएर आर्थिक समृद्धिका लागि एक जुट हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–“दलहरुबीच आरोप प्रत्यारोप होइन आपसमा समझदारी र सहकार्य हुनुपर्छ, अब स्थानीय निर्वाचन सम्पन्न गर्न सबै एक हुनुपर्छ” भन्नुभयो । सो अवसरमा अध्यक्ष थापालाई राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले पार्टीको सदस्यता नवीकरण गरी हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया