Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कानुन मन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका गर्नु भएको छ ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको अवस्थामा संविधान संशोधन विधेयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको दाबी गर्नु भएको हो । उहाँले विधेयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयोग रहेको बताउनु भयो ।
मन्त्री नायकले संशोधन विधेयक संसदमा टेबुल भैसकेकोले यो अब प्रक्रियाबाट अघि बढ्ने बताउँदै विधेयकलाई पारित गराउन सरकार तत्पर रहेको स्पष्ट पार्नुभयो । मन्त्री नायकले प्रस्ताव पारित गर्न दिँदैनौं भनेर प्रमुख प्रतिपक्षी दलले अडान राख्न नहुने जिकिर गर्दै भन्नुभयो, ‘आन्दोलनरत मधेसी मोर्चालेपनि यो प्रस्ताव पारित गर्नको लागि सहयोग गर्नुपर्छ।’
उहाँले मुलुकलाई निर्वाचनको बाटोमा डोर्याउन मधेसी, थारु, जनजाति, आदिवासी लगायत असन्तुष्टहरुका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै सबैलाई चुनावमा लैजानु पर्नेमा जोड दिनुभयो । मन्त्री नायकले भन्नु भयो ‘यो संशोधन विधेयक टुँगोमा पुग्न एक महिना लाग्छ, हामी संशोधन प्रस्तावलाई सहमतिमा नै पारित गर्ने पक्षमा छौं, यो प्रस्ताव पारित हुन्छ, सके सहमतिमा नै पारित हुन्छ, नभएपनि दुई तिहाईले पारित हुन्छ।’
उहाँले विधेयक पारित गराउनकै लागि सरकारले संसदमा टेबुल गरेको जिकिर गर्नुभयो । आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार त्यतातर्फ बढी केन्द्रित रहेको उहाँको भनाइ थियो।

तपाईको प्रतिक्रिया