मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्यिक कार्यक्रमको ३९ औ शृङ्खला आइतवार टोकियोमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान, कलाकार सम्मान र साहित्यिक सिर्जना वाचन गरी उक्त शृङ्खला सम्पन्न भएको हो ।  समाजका अध्यक्ष बिष्णु घिमिरेको सभापतित्वमा भएको सो शृङ्खलाको प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष सुदन थापाले दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहित बिशेष अतिथिहरु नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, अनेसास केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ’माइला’, नेपाल सँस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक ईन्द्रविलास घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका सभापति डिपी कँडेल, प्रवासी नेपाली मन्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील मन्चका उपाध्यक्ष लोकनाथ अधिकारी, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना लगायतले नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै नेपाली साहित्यको उत्थानमा प्रवासबाट अनेसास जापानले खेलेको भूमिका बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा तीन दर्जन भन्दा बढी स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । देशप्रेम, मायाप्रीति, प्रकृति, प्रवासका पीडा लगायतका भावले ओतप्रोत भएका सिर्जनाहरुले कार्यक्रमलाई साहित्यमय बनाएको थियो ।

रचना वाचन गर्ने स्रष्टाहरूमा रविन्द्र दिख्खुपा, बेलुकाजी थापा, समर्पण गदेल, एलसन काप्री, कमला काप्री, सविना रेग्मी, आनन्द कोईराला, जीवन अर्याल, अरूण पौडेल, सरिता ढकाल, रविन शर्मा, गिरिजा गैह्रे, राजेन्द्र जमरकट्टेल, लोकनाथ अधिकारी, भुवन रोका लगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली भाषा, कला, साहित्य, गीत, संगीतको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निरन्तर योगदान पुर्‍याएको भन्दै कलाकारहरू रामकृष्णबम मल्ल, सूर्य खड्का, युवराज आचार्य, नारायण कँडेल, बिनोद भण्डारी, अमृत खाती, सिर्जु अधिकारी, पार्बती कार्की, गिता सेन्चुरी, नम्रता सापकोटा, शिव परियार र वसन्त थापालाई कदरपत्रले सम्मान गरिएको थियो ।

नेपाली भाषा, कला र साहित्यको श्रीबृद्धिका लागि अनेसास जापानले हरेक तीन-तीन महिनामा बिशेष कार्यक्रमसहित साहित्यिक शृङ्खलाको आयोजना गर्दै आएको संस्थाका महासचिव दिप पाठकले समुद्रपारिलाई जानकारी गराउनुभयो ।

उत्साहजनक साहित्यनुरागीहरुको उपस्थिति रहेको सो कार्यक्रम शिन ओकुबो स्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको थियो ।***

तपाईको प्रतिक्रिया