मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो-‘आफ्नो माैलिक धर्म, कला, संस्कृतिको जगेर्ना गराैं र आफ्नो माैलिक पहिचान र अस्तित्व जोगाअाैं’ भन्ने मूल नाराका साथ तामाङ समुदाय कान्तो क्षेत्रले शुभकामना आदानप्रदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।
२८५३ अाैं ज्या ल्हो (चरा वर्ष) तामाङहरूको महान चाड सोनाम ल्होसारको अवसरमा यही जनवरी २८ तारिक शनिवार तोचिगी प्रान्तको सानो सिटीमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
उक्तदिन यस क्षेत्रका तामाङहरूको भेटघाट तथा शुभकामना अादानप्रदान हुने कुरा अायोजकले बताएको छ । त्यसो त उक्त कार्यक्रममा उपस्थित हुन उक्त क्षेत्रमा बस्ने तामाङ दाजुभाइ तथा दिदीवहिनीहरू लगायत अन्य नेपालीहरूमा पनि अायोजकले अामन्त्रण गरेको छ । कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको लागि ०९०-८८९३-८१३०, ०७०-१४१३-१६२६, ०८०-५४७७-५६२५ र ०८०-३२१९-०९७४ मा सम्पर्क गर्न पनि भनिएको छ । ***

तपाईको प्रतिक्रिया