Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

क्यानाडा – विविधतामा एकता भन्ने मूल सन्देशका साथ शुभकामना आदानप्रदान गरी क्यालगरीको हेलेनिक सामुदायिक भवनमा तमु ल्होसार तथा अंग्रेजी नयाँ वर्ष मनाइएको छ ।

क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसन (सीएनसीए) को आयोजनामा भएको कार्यक्रममा क्यानाडाको अल्बर्टा प्रान्तीय सरकारका माननीय स्वास्थ्य सहमंत्री (एसोसिएटमिनिस्टर) तथा क्यालगरी एकड़िया क्षेत्रका एमएलए ब्रान्डी पाएनॆ लगायत नेपाली समुदायका करिव २ सय जनाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष दिव्य प्रधानले उपस्थित सबैलाई स्वागत गर्दै नयावर्षको शुभकामना व्यक्तगर्नु भएको थियो ।

अध्यक्ष प्रधानले क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनको प्रस्तावित कम्युनिटी सेन्टर परियोजनाको खाका र हाल सम्मको प्रगती विवरण प्रस्तुत गर्दै समुदायका सम्पूर्ण सदस्यहरूलाई सहयोगको लागि समेत अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा अल्बर्टा प्रान्तीय सरकारका माननीय स्वास्थ्य सहमंत्री ब्रान्डीपाएनॆले सम्पूर्ण नेपाली समुदायलाई ल्होसार तथा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै स्थानीय नेपाली समुदायको कार्यक्रमहरूमा आफ्नो साथ सहयोग रहने बताउनुभयो।

कार्यक्रममा याक्थुंगचुम्लुंग एसोसिएसन अफ क्यालगरीका कलाकार र अन्य स्थानीय कलाकारहरूले नेपालका संस्कृतिक विविधता झल्कने गीतसंगीत र नृत्य प्रस्तुत गरी मनोरंजन प्रदान गरेका थिए।

सीएनसीएका पुर्वअध्यक्ष प्रेम गुरुंगले प्रत्येक१२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइने जानकारी दिनुभयो ।

प्रत्येक बर्ष पुष १५ को दिन बर्ष बर्ग फेरिने र यसपाली बाँदर बर्ष सकिएर चरा बर्ष सुरु भएको जानकारी समेत उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया