Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजेका लागि बैठक बोलाइएको हो ।

हिजो प्रतिपक्ष दलको अवरोधबीच बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो । आजको बैठकमा निर्वाचन सम्वन्धी दुई विधेयकमा सैद्धान्तिक छलफल हुने छ ।

आजको बैठकमा संविधान संशोधन विधेयक भने कार्यसूचीमा रहनेछैन । संसदमा पेश गरेपछि सर्वसाधरण समेतको जानकारीका लागि सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था र प्रचलनका कारण विधेयक कार्यसूचीमा रहने छैन ।

आजको बैठकमा स्थानीय तह निर्वाचन सम्वन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्वन्धी विधेयकमा सैद्धान्तिक छलफल हुनेछ ।

यस्तै बैंक तथा बित्तिय संस्था सम्वन्धी विधेयकको प्रतिबेदन पनि आज संसदमा पेश हुने सम्भावित कार्यसूची संसद् सचिवालयले तयार पारेको छ ।

लगातार ३८ दिनको अवरोधपछि हिजोबाट संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो । ३८ दिनमध्ये एक दिन पूर्व सांसद् बुद्धरत्न मानन्धरको निधनमा शोक प्रस्ताव पारित भएको थियो । सरकारले विरोध र नाराजुुलुसकै विचमा संशोधन विद्येयक संसदमा टेबुल गराएको हो ।

यी सबै प्रक्रिया सकेर अन्तिममा सिंगै विधेयक पास गर्न कम्तीमा एक महिना समय लाग्ने बताइएको छ । अन्तिममा लबी नै छुट्याएर सदनमा मत विभाजनसहित हस्ताक्षर हुनेछ ।

तर, संविधान कार्यान्वयनको चरण छोटिँदै गएको र निर्वाचन कानुनसँग सम्बन्धित काम पनि गर्नुपर्ने भएकाले सदन छिटो काम गर्नुपर्ने चर्को दबाब संसद्लाई छ । विपक्षी एमालेसहित ९ राजनितिक दलहरुले पटकपटक संशोधन प्रस्तावका विरुद्धमा संसद अवरुद्ध गर्दै आएका थिए ।

यसैबिच, विपक्षी दल एमालेले अशोभनीय तरिकाले जबर्जस्ती विद्येयक टेबल भएको दाबी गर्दै संशोधनका सबै प्रक्रियामा अवरोध गर्ने चेतावनी दिएको छ । विपक्षी नौवटै दलको एकता कायम गर्दै संशोधनका सबै प्रक्रियामा अवरोध गर्ने रणनीतिमा एमाले लागेको हो ।

तपाईको प्रतिक्रिया