मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो-लमजुङ समाज जापानको प्रथम साधारण सभा हालै टोकियोमा सम्पन्न भएको छ । सभाले पुनः ऋतुकुमार दुराको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्ष द्वयमा लिल गुरूङ र गुनीमाया गुरूङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा शैलेन्द्र मिश्र, महासिचवमा बुद्धिराज घिमिरे, सचिवमा दामोदर धिताल, सह-सचिवमा सोम गुरूङ, कोषाध्यक्षमा मिनराशी गुरूङ, सह-कोषाध्यक्षमा अमृता घले चयन भएका छन् ।

सदस्यहरूमा हिमाल गुरूङ, इश्वरी न्याैपाने, अावाश गुरूङ, नरेन्द्र गुरूङ, साेम गुरूङ, भरत बर्लाकोटी, गिता घले, डम्बर गुरूङ, लक्ष्मण गुरूङ, महेन्द्र न्याैपाने, सिद्धार्थ गुरूङ, रोशन गुरूङ, डिनु गुरूङ र दिलजंग गुरूङ चयन भएका छन् । समाजको सल्लाहकारमा थमवहादुर गुरूङ, गोपाल जंग घले र गीता कुमारी घले चयन भएका छन् ।

निवर्तमान अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको पहिलो खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि थमवहादुर गुरूङ रहनुभएको थियो । सभाले समाजको विधान मस्याैदामा छलफल गरी विधान पारित गरेको थियो । त्यसैगरी समाजको अार्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष मिनराशी गुरूङले प्रस्तुत गरेका थिए भने वार्षिक प्रतिवेदन निवर्तमान महासचिव बुद्धिराज घिमिरेले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनउपर पनि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको थियो ।

कार्यक्रममा थमवहादुर गुरूङ र गुनीमाया गुरूङलाई समाजमा स्वागत तथा सम्मान गरिएको थियो ।

समाजले माघे सक्रान्तिमा भेटघाट कार्यक्रम गर्ने

नजिकिंदै गरेको माघे सक्रान्तिको दिन लमजुङ समाज जापानले भेटघाट तथा माघे सक्रान्तिको शुभकामना अादानप्रदान गर्ने कार्यक्रमको अायोजना गरेको छ । यही जनवरी १४ तारिक शनिवार बेलुकी ७ बजेदेखि इकेवुकुरोस्थित फुनवारी डाइनिङ  रेष्टुरेन्टमा कार्यक्रम हुन गईरहेको छ । मध्य हिउँदको एक महत्वपूर्ण महिना माघ र यसको पहिलो दिन नेपालमा माघे सक्रान्ति अर्थात मकर सक्रान्तिको रूपमा मनाउने गरिन्छ । नेपालमा यस दिन विहानै धारा पँधेरा तथा खोला किनारमा गई नुहाएर चोखो भई पूजा-अाजा तथा अाफन्तजनहरूको ढोगभेट गर्ने, तरूल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुलहरू, रोटी, खिचडी लगायतका परिकारहरू खाने प्रचलन छ ।

साेही अनुरूप समाजले माघेसक्रान्ति पर्वकै दिन जापानमा रहेका लमजुङेहरूको भेटघाट, अापसी भाइचारा र सम्बन्ध अझ सुमधुर गराउन यो कार्यक्रमको अायाेजना गरिएको नवनियुक्त अध्यक्ष ऋतुकुमार दुराले बताउनुभयो । साथै समाजले विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका सम्पूर्ण लमजुङेहरूलाई उक्त दिन उपस्थित भई एक अापसमा माघे सक्रान्तिको शुभकामना अादान प्रदान गरी लमजुङ समाज जापानमा अावद्ध भइदिन पनि अनुरोध गरेको छ । ‘हाम्रो लमजुङ, राम्रो लमजुङ’ भन्ने मूल नारा सहित समग्र लमजुङको विकासमा हातेमालो गर्दै, जापानमा रहेका लमजुङेहरूलाई एकतावद्ध गरी अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने समाजकाे उद्देश्य रहेको छ ।***

तपाईको प्रतिक्रिया