Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

जुम्ला – चन्दननाथ बाबाको मन्दिरबाट गत मङ्सिर ११ गते चोरी भई पुस १९ गते देपालगाउँ–३ डुङ्ग्रे खोलामा बेवारिसे अवस्थामा फेला परेका मूर्तिहरु आज सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले औपचारिक रुपमा सार्वजनिक कार्यक्रमको आयोजना गरी मूर्तिहरु सार्वजनिक गरेको हो । जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण जिल्लावासीको माझमा मूर्ति सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले चन्दननाथ मन्दिरको महिमा, महत्व र गरिमा बिर्सेकाले यसको अस्तित्वमाथि हस्तक्षेप भएको जनाउनुभयो । पछिल्लो छोटो समयमा सुरक्षा संयन्त्रको अथक प्रयासबाट राम्रो उपलब्धि हात परेको भन्दै उहाँले अब चन्दननाथको संरक्षण तथा व्यवस्थापनका लागि सिसिटिभीसहित यसको मर्मत सम्भारका लागि रु १५ लाख बजेट जिविसबाट छुट्याइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकको आस्थाको केन्द्र चन्दननाथ बाबाको मन्दिरबाट मूर्ति चोरिनु आफ्नो २८ वर्षीय जागिरे अवधिमा पहिलो चुनौतीको विषय बनेको बताउनुभयो । तथापि सानो अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरो तत्काल कुकुरसहित जुम्ला आएर अनुसन्धान थाल्यो र जनपथ, सशस्त्र प्रहरीको यसमा अहम भूमिका रह्यो, अनि राजनीतिक दल, नागरिक समाज र जिल्लावासीको सकारात्मक सहयोगले केही हदसम्म सफल हुन पुगेका छौँ, उहाँले भन्नुभयो ।

अब १५ दिनदेखि एक महिनाभित्र यो प्रकरणमा संलग्न चोरलाई कानुनी दायरामा ल्याएरै छाड्ने दाबी गर्दै प्रजिअ पण्डितले राजनीतिक दल तथा जिल्लाबासीलाई सहयोग पुर्याउन आग्रह गर्दै उहाँले शङ्का गर्नु ठीकै भएपनि बिनाप्रमाण कसैलाई दोषी हो भनेर घोषणा नगर्न सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले यस जिल्लाका विभिन्न स्थानमा बरामद गरिएको स्वचालित र अर्ध स्वचालित हतियार सूची जिल्लाबासीमाझ सार्वजनिक गर्नुभयो । उहाँले दाबी भन्नुभयो, “कर्णालीमा हतियार देखाएर लुट्ने अपराधीका दिन गए ।” सार्वजनिक कार्यक्रममा मूर्ति पत्ता लगाउनमा सहयोग पुर्याउने देपालगाउँ–२ का छाँया, शितला र सम्झना गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सबै मूर्तिहरुलाई बजार परिक्रमा गराई आजै चन्दननाथ मन्दिरका पुजारी नवराज अधिकारीलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । मूर्ति भने शुद्धीकरण गरेर मात्र सोमबार चन्दननाथ मन्दिरभित्र भित्र्याइने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया