Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

लहान –  नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमालेले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिनुभयो ।

संयोजक डा भट्टराईले “राष्ट्रको मुख्य मुद्दामा प्रमुख राजनीतिक दलले असन्तुष्ट पक्षको मागप्रति साझा धारणा बनाउन ढिलाइ गर्नुहुँदैन ।”  तराईमा दुई र पहाडमा आठ प्रदेश कायम हुने गरी सीमाङ्कन गरिए चाँडै समाधान निस्किने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया