Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दाको बहस सकिएको छ ।

आज रिट निवेदनको तर्फबाट शम्भु थापा, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्यालसहित १७ जनाले जवाफी बहस गरेपछि कार्कीमाथिको बहस सकिएको हो ।

वकिलहरूले बहस सकेपछि कार्कीको मुद्दामा अदालतले पर्ख र हेर भन्दै आजै आदेश आउन सक्ने संकेत दिएको छ । कार्की अख्तियारको प्रमुखमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै अधिबक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा रिट हाल्नुभएको थियो ।

संविधान संशोधन विधेयकलाई लिएर एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका कारण संसदमा दर्ता भएको महाअभियोग प्रस्ताब अघि बढ्न सकेको छैन ।

तपाईको प्रतिक्रिया