Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेपालका लागि चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयका साथै नेपाल र चीनबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिनुभयो ।

भेटमा चीनको सहयोगमा नेपालमा निर्माणाधीन आयोजना, भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगलगायतका विषयमा छलफल भएको थियो । दुई मुलुकबीच द्विपक्षीय हित र आपसी सहयोगका विषयमा समेत कुराकानी भएको सल्लाहकार खनालले बताउनुभयो ।

भेटमा चीनका राष्ट्रपति सि जिनपिङले गर्ने भनिएको नेपाल भ्रमणका विषयमा समेत कुरा भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया