Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्ती सोच राख्नेहरुले संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाउनुभएको छ । प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै दाहालले यस्तो बताउनुभएको हो । 

शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष र कुनै एक पार्टीलाईमात्र समेटेर सविधान पूर्ण नहुने भएकाले सबैका अधिकार समेट्न संविधान संशोधन गर्न लागिएको पनि बताउनुभयो ।

संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुको विकल्प नरहेको दाहालको भनाइ थियो । प्रधानमन्त्री दाहालले संसद सुचारु भएमात्र दलहरुबीच देखिएका विमतिको टुंगो लाग्ने भएकाले अवरुद्ध नगर्न प्रतिपक्षी एमालेलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया