Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

काठमाडौंमा आज संचारकर्मीमाझ कुरा गर्दै उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अधुरो, अपुरो रहेको उल्लेख गर्दै त्यसलाई परिमार्जन नगरी नहुने तर्क गर्नुभयो । गच्छदारले यथास्थितिमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई साथ दिन नसकिने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष गच्छदारले सत्तारुढ प्रमुख दलहरुले संविधान संशोधन प्रस्ताव तयार गर्दा आफूसँग परामर्श समेत नगरेको भन्दै गुनासो पनि गर्नुभयो । सरकारलाई साथ दिएको आफ्नो दलसँग परामर्श समेत नगरी संशोधन प्रस्ताव ल्याइएको भन्दै असन्तुष्टि व्यक्त समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया