मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – जापानमा रहेका घले समुदायको संस्था लि:ल फङ (घले समाज) समितिले आउँदो जनवरी १५ तारिख (माघ १ गते) विविध कार्यक्रमसहित नयाँ वर्ष ल्होसार मनाउने भएको छ । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको सो समाजले जनाएको छ ।

लि:ल फङ घले समाज जापान गठन भएको एक बर्ष पुरा भएको तथा जापानमा रहेको संघ संस्थाहरु बिच भाईचारा सम्बन्ध बढाउने उद्देश्यले विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान गरी यस बर्षको नयाँ बर्ष ल्होसार मनाउन लागिएको कार्यकम संयोजक मनोज घलेले समुद्रपारिलाई जानकारी दिनुभयो ।
ल्होसार कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न मनोज घलेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । जसमा स्वागतमा कृण्ण घले, हल ब्यबस्थापनमा अनुरोध घले, साँस्कृतिकमा अशोक घले, स्वयमसेवकमा सुरेन्द्र घले लगायत रहेका छन् ।

लि:ल फङ घलेहरुको नयाँ बर्ष ल्होसारमा जापानका गुन्मा, इवाराकी, खानागावा, सेन्दाई, साईतामा, नागोया लगायतका स्थानहरुबाट घले बन्धुहरु (सपरिवार) को उत्साहजनक सहभागिता रहने समाजका अध्यक्ष पूर्णबहादुर घलेले बताउनुभयो । साथै उक्त कार्यक्रममा जापानमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहने बताईएको छ ।

ल्होसार कार्यक्रम आउँदो जनवरी १५ तारिखका दिन शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा साँझ ५ बजेबाट हुने जनाईएको छ । ***

तपाईको प्रतिक्रिया