Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी हुनुभएको हो ।

खतिवडाले एकसय ४२ तथा थापाले एकसय ३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो भने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन थियो ।

वरिष्ठ उपाध्यक्षमा थापा प्यानलका अर्जुन गिरी पनि १० मतले नै विजयी हुनुभएको छ । उहाँले १४० मत पाउनुभयो भने प्रत्यासी होम पाठकले १ सय ३० मत पाउनुभयो ।

यसैगरी महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी हुनुभयो । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत पाउनुभयो । एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन हुनुभएको छ ।

अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाउनुभयो । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी हुनुभएको छ । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाउनुभयो । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन हुनुभएको छ ।

महासचिवमा विजयी थापा प्यानलका गोविन्द देवकोटाले एकसय ३६ मत पाउनुभयो । उहाँका प्रतिद्धन्दी पिताम्बर सिग्देलले एक सय २८ मत पाएको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा एकसय ३५ मत सहित लक्ष्मण खड्का विजयी हुनुभयो । कोषाध्यक्षका प्रत्यासी सुदर्शन खतिवडाले एकसय २९ मत पाउनुभयो ।

सचिवमा एकसय ४२ मतसहित खतिवडा प्यानलका बन्दना दनुवार विजयी हुनुभयो । सचिवका प्रत्यासी तुला अधिकारीले एकसय १९ मत पाउनुभयो । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।

तपाईको प्रतिक्रिया