Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

फ्लोरिडा – अमेरिकाको फ्लोरिडाको विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ ।

फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन् ।

एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ ।

आक्रमण किन गरिएको हो भन्ने अहिले खुली नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको सिएनएनले जनाएको छ ।

उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया