मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो-लमजुङ समाज जापानको प्रथम साधारण सभा भोलि ८ तारिक अाइतवार टोकियोमा हुन गइरहेको छ । लमजुङ जिल्लाबाट विभिन्न पेशा तथा व्यवसायले जापानमा अाइ बसोबास गरेका लमजुङ्गेहरूको छाता संस्था ‘लमजुङ समाज जापान’ले नयाँ वर्षको शुरूवात सँगसँगै प्रथम साधारण सभाको अायोजना गर्न लागेको हो । टोकियोको इकेबुकुरोस्थित फुनावरी डाइनिङ्ग एण्ड बारमा दिउँसो १ बजेदेखि कार्यक्रम हुन गइरहेको छ ।
‘हाम्रो लमजुङ्ग, राम्रो लमजुङ्ग’ भन्ने मूल नाराका साथ जापानमा रहेका लमजुङ्गेहरू एकजुट भइ समग्र लमजुङ्ग जिल्लाको विकास र जापानमा रहेका लमजुङ्गेहरूको साथ र सहयोगको लागि समाजको स्थापना भएको संस्थाले बताएको छ ।
विस्तृत जानकारीको लागि ०९०-९३९५-१८४३, ०९०-९४०५-५६३६, ०८०-३६०५-८९४३ सम्पर्क नम्बर रहेको छ । ***

तपाईको प्रतिक्रिया