Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

विराटनगर – नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् सञ्चालन गर्न नेकपा (एमाले) सकारात्मक भए पनि सरकारले अहिलेसम्म वार्ता र संवाद नथालेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै उहाँले ‘सरकारले संसद् सञ्चालन गर्न पहल नगरेका कारण’ आउँदो आइतबार संसद् अवरुद्ध हुन सक्ने सम्भावना व्यक्त गर्नुभयो । तत्कालीन संविधानसभाध्यक्ष नेम्वाङले सरकारकै कारण संविधान असफल हुन लागेको जिकिर गर्दै संसदीय मूल्यमान्यता र संवैधानिक प्रक्रियाका आधारमा संविधान संशोधन विधेयक आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वसभामुख नेम्वाङले ‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार भएकाले’ यसबारे संसद्मा कुनै छलफल नै हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।अन्य विषयबारे समेत सरकारले प्रतिपक्षी दलसँग छलफल र वार्ता गरेर मात्र प्रस्ताव अगाडि बढाउनुपर्ने स्पष्ट पार्दै नेता नेम्वाङले सरकारकै कारण मुठभेड हुनसक्ने स्थिति सिर्जना भएको गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया