मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो-मगर संघ जापानको अायोजनामा २१ अाैं लांघाली साँझ हालै टोकियोमा सम्पन्न भएको छ । विगतका वर्षहरूमा झैं मगर संघ जापानले नयाँ वर्षको उपलक्ष्यमा जनवरी १ तारिक टोकियोमा लांघाली साँझको अायोजना गरेको हो ।
मगरसंघ जापानका अध्यक्ष दिपक वुर्जा मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एनअारएनए जापानका उपाध्यक्ष टासी लामा रहनुभएको थियो ।
सिन्जुकुको खाबुकीच्योस्थित यूनिभर्सल सिटी हलमा अपरान्ह ४ बजेदेखि भएको कार्यक्रम संघका सल्लाहकार गमप्रसाद जुग्जालीको संयोजनमा भएको थियो । नेपालबाट अामन्त्रित कलाकारद्वय ताराप्रकाश लिम्बु र पार्वती कार्कीले दर्शकहरूलाइ भरपूर मनोरञ्जन दिलाएका थिए ।
त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरू सूर्य खड्का, सरस्वती पुन मगर, विनोद भण्डारी लगायतले अा-अाफ्नो प्रस्तुती प्रस्तुत गरिएका थिए । केही स्थानीय कलाकारहरूको गीत तथा नृत्यमा उपस्थित दर्शकहरू रमाएका थिए भने देउराली पञ्जेबाजा समूहको पञ्चेवाजा तालमा झुम्दै नाचेका थिए ।

प्रमुख अतिथि टासी लामा, कार्यक्रमका सभापति तथा संघका अध्यक्ष दिपक वुर्जा मगर, संयोजक गमप्रसाद जुग्जाली मगर, पूर्व अध्यक्षहरू शैलेन्द्र विक्रम थापा, थानु राना मगर लगायतले सामुहिक रूपमा रिवन काटेर उदघाटन गरेका थिए । कार्यक्रममा उपस्थितहरूले गीतसंगीतमा भरपुर मनोरञ्जन लिंदै एक अापसमा नयाँ वर्ष २०१७ को शुभकामना पनि अादानप्रदान गरेका थिए ।

डिजेमा अमर गुरूङ र जितमान गुरूङको भूमिका रहेको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव योगेन्द्र थापामगर र दिल राना मगरले गरेका थिए । ***

तपाईको प्रतिक्रिया