Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।

सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी झण्डै १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउन एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसँगै बस्दै आएकी थिइन् ।

अनिषाको नातामा दाजु पर्ने कृष्णबहादुर तामाङलाई पनि योे घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया