Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – भूकम्प अति प्रभावित १४ जिल्लामा नीजि अावास पुनर्निर्माणका लागि दक्ष कामदारको अभाव देखिएको छ ।

निजी आवास पुनर्निर्माणका लागि लगभग ६० हजार दक्ष निमार्णाकर्मीको आवश्यकता पर्ने अनुमान गरिएको मध्ये हालसम्म १५ हजारलाई मात्र तालिम दिइएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाई प्रमुख शिवहरि शर्माको भनाइ छ ।

“तालिमका लागि मन्त्रालयले पाठ्यक्रम र ढाँचा निर्माण गरेको छ, त्यस अनुसार विभिन्न गैरसरकारी संस्थाले तालिम दिएका छन् । तालिम लिएका मध्ये सबैले काम नगरी अन्य पेसा व्यवसायमा संलग्न भएको जानकारी पाएका छौँ, उहाँले भन्नुभयो – तालिम लिन चाहनेकै अभाव भएको सूचना जिल्ला जिल्लाबाट प्राप्त भइरहेको छ ।”

भूकम्प अति प्रभावित १४ जिल्लामा पुनर्निर्माण गरिनुपर्ने साढे सात लाख घरमध्ये हालसम्म १८ हजार घरमात्र पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणका लागि दक्ष कामदारकै अभाव भएको जिल्लामा खटिएका इन्जिनियरको गुनासो छ । भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि मन्त्रालयले १७ प्रकारका घरका नमुनाहरू जिल्ला जिल्लामा पठाएको छ ।

भवन सहिताअनुसार ति नमुना बाहेक पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ । जसलाई प्राविधिकले भूकम्प प्रतिरोधी भनी सिफारिस गरेपछि मात्र लाभग्राहीले अनुदानको दोस्रो र तेस्रो किस्ता पाउँछन् । दक्ष कामदार बढाउन विशेष कार्ययोजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पेश गरिएको एकाइले जनाएको छ ।

तपाईको प्रतिक्रिया