Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – शीतलहर शुरु भएपछि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बिहान र बेलुकाको समयमा शीतलहर र चिसो कुहिरोका कारण धनुषा, बारा, पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । जिल्लामा चार दिनदेखि शीतलहर चलेको छ । चिसो बढेसँगै सडकमा चहल–पहल निकै घटेको छ ।

बाक्लो हुस्सुको कारण सडकमा दुर्घटनासमेत बढ्दै गएको प्रहरीले जनाएको छ । चिसोबाट विपन्न समुदाय बढी प्रभावित भएका छन् । चिसो छल्न सर्वसाधारण ठाउँठाउँमा आगो बालेर बस्न थालेका छन् ।

तपाईको प्रतिक्रिया