Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा लोडसेडिङपछि खानेपानीको व्यवस्थापनका लागि सरकारले पहल शुरु गरेको छ ।

सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल थालेका हुन् ।
सर्वसाधारणलाई एक बाल्टी पानीका लागि समेत काकाकुल पर्ने तर हुनेखाने र पहुँचवालाहरुलाई पानी उपलब्ध हुने अवस्था अन्त्य गर्न जरुरी भएको भन्दै बैठकमा प्रधानमन्त्री प्रचण्डले आम जनतालाई हाल उपलब्ध भएको खानेपानीको उचित व्यवस्थापन गरी राहत दिन निर्देशन दिए । पानी नभएर होइन, तर त्यसको सही ढंगले आपूर्ति व्यवस्थापन नहुँदा आम जनताले दुख पाइरहेका छन् । यो विषयमा गम्भीर भएर गृहकार्य गर्न पनि प्रचण्डले निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुल उपर गर्न समेत निर्देशन दिए । सर्वसाधारण जनतालाई महिनापिच्छै बिलको रसिद थमाएपनि ठूला, पहुँचवालाहरुको भने अहिले पनि ठूलो रकम तिर्न बाँकी रहेको तर्फ इंगित गर्दै प्रधानमन्त्रीले विद्युत महसुल तिर्न नसकेकाहरुलाई सरकारले महशुल उठाउन शुरु गरेजस्तो खानेपानीमा समेत बक्यौता उठाउने अभियान चलाउन निर्देशन दिए । खानेपानीको सहज आपूर्तिका लागि यो अत्यन्तै जरुरी छ, तपाईहरु अगाडि बढ्नुस्, के कस्तो सहयोग चाहिन्छ, मलाई भन्नुस – प्रधानमन्त्रीले भने ।

बैठकमा प्रधानमन्त्रीले मेलम्ची खानेपानीको सुरुङ खन्नेदेखि अन्य कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आपूर्तिका लागि पूर्वाधार तयार गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिए । समयमा उपत्यकामा पाइप बिछ्याउनेदेखि अन्य काम भएमा मेलम्चीको पानी बितरणका लागि भविष्यमा समस्या नपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्रीले पाइप बिछ्याउने कामलाई प्राथमिकताका साथ अगाडि बढाउने, मेलम्चीको पानी उपत्यकामा वितरणका लागि आवश्यक पर्ने अन्य पूर्वाधार समयमा नै निर्माण गर्ने विषयमा सम्बन्धित निकायहरुसँग समन्वय गरेर अघि बढ्न समेत निर्दशन दिए ।***

तपाईको प्रतिक्रिया