Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामत गरेको छ । सुनसँगै तीन जना पक्राउ परेका छन् ।

बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो ।

बरामत गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन् । प्रहरीले यसको तौल ३४ किलो रहेको बताएको छ ।

विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको छ ।
सुन राखिएको लगेजसहित गोपाल बहादुर शाही हिजो दुवईबाट काठमाडौं आएका थिए ।

आज लगेज लिनका लागि पुगेका शाहीसहित थापा र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया