Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशका सम्बन्धमा संसदीय सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधानको धारा १२९ बमोजिम उच्च अदालत विराटनगर र पोखराका मुख्य न्यायाधीशद्वय क्रमशः तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीका सम्बन्धमा संसदीय सुनुवाइका लागि आमसञ्चारमार्फत सार्वजनिक गर्ने निर्णय गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

“आमसञ्चारमार्फत न्यायाधीशद्वयको बिरुद्धमा उजुरी दिने समय १० दिन तोकिएको छ, १० दिनपछि आएका उजुरीमाथि छलफल गरी निर्णय गरिनेछ”– उहाँले भन्नुभयो ।

न्याय परिषद्ले यही पुस १८ गते न्यायाधीशद्वय केसी र भण्डारीको नाम सो समितिमा पठाएको थियो ।

तपाईको प्रतिक्रिया