Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

भक्तपुर – तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा पेस भएको संविधान संशोधन विधेयक पास भए मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान संशोधन विधेयक संसद्बाट पास नभए कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने बताउनुभएको हो ।

संविधान संशोधन गरेर मधेसी, थारु र जनजातिलगायतका माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जाने उहाँको भनाइ थियो । उहाँले ५१ प्रतिशत जनसङ्ख्या रहेको मधेसलाई २५ प्रतिशतमा सीमित पारेर ल्याइएको स्थानीय तहको पुनःसंरचनाको खाका मधेसी मोर्चालाई मान्य नहुने भन्दै जनसङ्ख्याका आधारमा राज्यको पुनःसंरचना हुनुपर्नेमा जोड दिनुभयो ।

ठाकुरले भन्नुभयो – “तत्कालीन सुशील कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही संशोधनमा हस्ताक्षर गरेका छन, त्यतिबेला यही संशोधन राष्ट्रवादी हुने, अहिले राष्ट्रघात हुने भन्नु गलत हो ।”

उहाँले अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिँदै संविधान जारी गरेको दाबी गर्दै उहाँले संविधान आवश्यकता अनुरुप संशोधन नगरी विफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो ।

अङ्गीकृत नागरिक सबैलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनुपर्ने माग मोर्चाको नरहेको स्पष्ट पार्दै उहाँले वैवाहिक महिलालाई भने यस्तो अधिकार दिनुपर्ने माग रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया