Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहान बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय हो ।

यसअघि प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सरकारले ज्ञवालीसँग पुस १४ गते ७ दिने स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो स्पष्टिकरण दिँदै सरकारको निर्देशन अनुसार काम गरिरहे पनि प्राधिकरणले बनाएका कार्यविधि प्रधानमन्त्रीले पारित नगर्दा काममा ढिलाइ भएको प्रष्टिकरण दिनुभएको थियो ।

प्रष्टिकरणमा उहाँले स्रोतसाधनको पर्याप्तता बिना पनि प्राधिकरणले धेरै काम गरेको साथै सम्बन्धित निकायको उल्लेख्य सहयोग पाएको भए प्राधिकरणले अझै धेरै काम सम्पन्न हुने उल्लेख गरिएको थियो ।

तपाईको प्रतिक्रिया