Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले भारतको एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार धोनीले आफूले कप्तानी छोडेको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जानकारी गराइसकेका छन् । 

उनले सन् २०१४ को डिसेम्बरमा भारतको टेस्ट टिमको कप्तानीबाट पनि राजीनामा दिइसकेका छन् । बिसिसिआईका प्रमुख कार्यकारी राहुल जोहरीले भारतीय क्रिकेट टिमका प्रशंसक र बोर्डको तर्फबाट धोनीलाई उनले कप्तानको रुपमा सबै फर्म्याटमा गरेको अभुतपूर्व योगदानका लागि धन्यवाद दिएका छन् । धोनीले सन् २००४ मा भारतीय टिमबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । २००७ मा उनी भारतीय टीट्वान्टी टिमको कप्तान बनेका थिए । उनकै कप्तानीमा भारतले २००७ को टीट्वान्टी विश्वकप जितेको थियो। राहुल द्रबिड पछि धोनीले भारतीय एकदिवसीय टिमको कप्तानी सम्हालेका थिए ।

उनकै कप्तानीमा भारत सन् २०११ मा आइसिसी विश्वकप जितेको थियो । सन् २०१३ मा भारतले च्याम्पियन्स ट्रफी जित्दा पनि भारतीय टिम धोनीकै कप्तानीमा थियो । धोनीले तीनै फर्म्याटका ३३१ खेलमा भारतको कप्तानी सम्हालेका छन् । तीमध्ये १७८ खेल जितेका छन् भने १२० खेल भारतले हारेको छ । कप्तान बनेपछि उनले एकदिवसीय क्रिकेटमा ६६३३ रन बनाएका छन् भने टीट्वान्टीमा १११२ रन हानेका छन् ।

बिसिसिआईले नयाँ कप्तानको नाम घोषणा गरेको छैन तर भारतीय टेस्ट टिमको कप्तानी सम्हालिरहेका विराट कोहली नै एकदिवसीय र टी–ट्वान्टी टिमको पनि कप्तान हुने सम्भावना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कप्तानबाट राजीनामा दिएपनि धोनी यही जनवरीमा इंग्लयाण्ड विरुद्ध हुने वान डे र टी २० क्रिकेटका लागि भने उपलब्ध हुनेछन् ।

तपाईको प्रतिक्रिया