मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – गल्कोट समाज जापानले विगतका वर्षहरुमा झैं यस वर्ष पनि नयाँ वर्षमा जापानका प्रमुख तीन सहरहरुमा साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नागोया र ओसाका पछि जनवरी २ तारिख सोमबारका दिन टोकियोमा उल्लासमय दर्शकहरुको उपस्थितिका बिच कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु शिव परियार, देवी घर्ति मगर, बसन्त थापा र कमल गाउँलेले आ-आफ्ना प्रस्तुतीहरु मार्फत दर्शकहरुलाई भरमग्दुर मनोरञ्जन प्रदान गरेका थिए । उनीहरुलाई जापानमै रहेका चर्चित गायक रामकृष्णबम मल्लले पनि साथ दिएका थिए ।

कार्यक्रममा एक अर्को सांगीतिक कार्यक्रमका लागि जापान आएका गल्कोटे गायक बिष्णु खत्रीको पनि सांगीतिक प्रस्तुती रहेको थियो ।

 
उक्त साँगीतिक समारोहको प्रमुख अतिथि सिरिन ट्राभलका प्रबन्ध निर्देशक बिष्णु बस्नेत, गल्कोट समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति नरबहादुर थापा, बिशेष अतिथिहरु घुम्टे युवा मञ्चका सचिव तथा गल्कोट एफएमका अध्यक्ष राज थापा, एनआरएन आइसीसीका सदस्य कपिलदेव थापा, एनआरएन जापानका उपाध्यक्ष देवीलाल भण्डारी, ब्यवसायी कृष्ण खत्री लगायतले सामुहिकरुपमा रिबन काटेर उदघाटन गरेका थिए ।

समाजका सचिव कृष्ण केसीको स्वागत मन्तब्य रहेको सो समारोहमा एनआरएन आईसीसी कपिलदेव थापा, घुम्टे युवा मञ्चका सचिव राज थापाले शुभकामना मन्तब्य राखेका थिए भने समारोहका अध्यक्ष नरबहादुर थापाले समापन मन्तब्य राख्दै विकट एवं भूकम्पबाट अति प्रभावित क्षेत्रमा बिद्यालय भवन निर्माण गर्ने र गल्कोट क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग गर्ने उद्देश्यले जापानका प्रमुख तीन सहरमा नयाँ वर्ष कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । तीनवटै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न जापानबासी नेपालीहरुबाट प्राप्त अपार सहयोगका लागि सम्बन्धित सबैमा धन्यबाद तथा आभार ब्यक्त गरे । औपचारिक चरणको समाजका सल्लाहकार बेलुकाजी थापाले र साँगीतिक चरणको गल्कोट समाज टोकियो क्षेत्रीय कमिटीका सचिव लक्ष्मण कार्कीले सञ्चालन गरेका थिए ।

यसअघि नागोया र ओसाकामा पनि उत्साहजनक दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सो समाजले जनाएको छ ।***  तस्विर : ईन्द्र भण्डारी

तपाईको प्रतिक्रिया