Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

पोखरा – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाउनुभएको छ ।
नयँं शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा आजदेखि सुरु भएको “घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा आज सम्बोधनमा उहाँले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको बताउनुभयो । भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै संयोजक डा भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेस गर्नुभयो ।
नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आफूहरुले पत्ता लगाएको दाबी गर्दै उहाँले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको छ र यो प्रणाली लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । पार्टीले मङ्सिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिँदै उहाँले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गर्नुभयो ।
उहाँले पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया