Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

सिन्धुली – सिन्धुली माडीबजारका बासिन्दा सडक विस्तारले बसोबास गरिरहेको ठाउँबाट नै उठिवास लगाउने भयो भन्दै आक्रोशित बनेका छन् ।
धरान चतरा, गाईघाट, कटारी, सिन्धुलीहुँदै हेटौडा जोडिने राजमार्गको सडक विस्तारले आफ्नो घर भत्कने भएपछि माडीबजारका जग्गाधनी आन्दोलित बनेका छन् । निर्माणाधीन राजमार्गअन्तर्गत सिन्धुली जिल्लाभित्रको सडकमा दायाँबायाँ ३० मिटर र नगरपालिका क्षेत्रको सडकमा थप १२ मिटर जग्गामा भौतिक संरचना बनाउन नपाईने भएपछि जग्गाधनी आन्दोलित भएका हुन् ।
सिन्धुलीमाडीको धुरा बजार, मिलनचोक, साङवाले, खट्टारलगायत क्षेत्रको मानव बस्ती नै विस्थापित हुने उनीहरुले उचित मुआब्जा र क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । कमलामाई नगरपालिकाको धुरा बजारदेखि मरिणखोला पुलसम्म दायाँबायाँ ४२ मिटर जग्गा अधिग्रहण गर्दा करीब तीन हजार घर परिवार बिस्थापित भई सुकुम्बासी हुने भएका हुन् ।
सरकारले धरान(हेटौडा सडकलाई उच्च प्राथमिकता प्राप्त आयोजनामा राखेपछि सडक निर्माण तीब्र बनाइदैछ । करीब ११ अर्ब रुपैयाँ लागतमा हेटौंडाबाट सुनसरीको धरानसम्म ३ सय १८ किलोमिटर सडक निर्माणको काम नौं वर्ष अगाडी थालिएपनि अझै पूर्ण हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया