Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – उपत्यकाबासी सडक विस्तार पीडित संघर्ष समितिले गरेको उपत्यका बन्दको प्रभाब बिहानैबाट सामान्य रूपमा परेको छ । बाटो विस्तारको क्रममा काठमाडौं उपत्यकाका केहि स्थानमा घरहरु भत्काउन थालेपछि पीडित संघर्ष समितिले उपत्यका बन्दको आव्हान गरेका हुन् । 

बन्दका कारण बिहानै देखि सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका छन् भने स्कूल, कलेज बन्द छन् । बन्दका क्रममा हुन सक्ने अप्रिय घटनाहरूलाई मध्यनजर गर्दै चोक चोकमासुरक्षाकर्मी बाक्लो उपस्थिीति गराइएको छ । उपत्यकाका तीन ओटै जिल्ला काठमाडौँ भक्तपुर र ललितपुरमा बन्दको सामान्य प्रभाब रहेपनि नीजि सवारी साधनहरू सामान्य रूपमा नै चलिरहेको प्रहरीले जनाएको छ ।

सडक विस्तार विरुद्ध गरिएको बन्दलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले समेत साथ दिएको छ ।

तपाईको प्रतिक्रिया