Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं  – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सोमबार आफूले संसदभित्रै सूर्ति थुकेको बारेमा प्रतिक्रिया दिनुभएको छ । उहाँले गएको केही दिनदेखिनै आफू अस्वस्थ भएकाले सोमबार संसदमा देखिएको दृश्य स्वभाविक भएको भन्दै गल्ती नगर्ने मानिस दुनियाँमा नभेटिने प्रतिक्रिया दिनुभएको छ ।

‘एक्कासी मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन’  उहाँले भन्नुभयो ।

मंगलबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री केसीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप समेत लगाउनुभयो ।

जयराम दवाडीद्धारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा मन्त्री केसीले संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको सपना ६५ वर्ष पछि पूरा भएको र यहि उपलब्धिलाई मध्यनजर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाउनुभएको हो ।

तपाईको प्रतिक्रिया