Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

दैलेख  – सदरमुकाम दैलेख बजारबाट लोहोरे जाँदै गरेको भे १ त ५०५० नम्बरको ट्रयाक्टर मंगलबार बिहान सिमाडा गाउँमा दुर्घटना हुँदा नारायण नगरपालिका–८ सिमाडाका २३ वर्षका डिलबहादुर रावलको ज्यान गएको छ ।

रावललाई थप उपचारका लागि लैजाँदै गर्दा लादे भन्ने ठाउँमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

दुर्घटनामा सहचालक १७ वर्षका जनक रावल घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक रामबहादुर रावललाई प्रहरी नियन्त्रणमा लिएको छ ।

पुरानो ट्रयाक्टर र एक महिना अघिमात्र काम थालेका नयाँ चालक भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर चालकले भीरतर्फ खस्न लागेको गाडी भित्ता तिर मोड्दा कम क्षति भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया