Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट क्षति पुगेको तेह्रथुमको संक्रान्ति बजार पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

गएको पुस १ गते आगलागीले क्षति पुर्‍याएको संक्रान्ति बजारको मंगलबार निरीक्षण गर्दै उहाँले यस क्षेत्रको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धारकोषबाट १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । संक्रान्ति बजार पुनर्निर्माण तथा पुनस्र्थापना कोषमा विभिन्न व्यक्तिले गरेको सहयोगबाट अहिलेसम्म १२ लाख रुपैयाँभन्दा बढी संकलन भैसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता विपत आउन नदिन यस क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गर्न, दमकल उपलब्ध गराउने, सदरमुकामसँग जोड्ने म्याङ्लु सक्रान्ति सडकको स्तरोन्नति तथा कालोपत्रे गर्न तथा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि तुरुन्त निर्णय गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।

निरीक्षणका क्रममा पुगेका कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले पनि संक्रान्ति बजार क्षेत्रमा विकास निर्माणका योजना अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइरहेको जानकारी दिनुभयो ।

यस्तै, एमाले प्रमुख सचेतक तथा सांसद भानुभक्त ढकालले प्रतिपक्षीको रुपमा रहेपनि एमालेले सरकारले गर्ने सकारात्मक काममा साथ दिने बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले संक्रान्ति बजारको पुनर्निर्माण तथा विकासका लागि घोषणा गरेका योजना यथाशीघ्र कार्यान्वयन गर्न मागसमेत गर्नुभयो ।

आगालागीले क्षति पुगेको संक्रान्ति बजारको निरीक्षणका क्रममा सांसद सिता गुरुङ, भवानी प्रसाद खापुङ र गणेश बिमली पनि पुग्नुभएको थियो ।

आगलागीका कारण २४ वटा घर पूर्ण तथा ५ वटा घर आंशिक रुपमा र ३ वटा टहरामा क्षति पुगेको थियो  भने ७३ परिवार विस्थापित भएका थिए । घरमा क्षति पुगेका परिवारलाई यसअघि १०–१० हजार रुपैयाँ लगायत अरु राहतका सामान सहयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया