मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – गुल्मी जिल्लाको वामी गाविसबाट रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य सिलसिलामा जापानमा बसोबास गर्दै आएका वामेलीहरूको संस्था वामी सेवा समिति जापानको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
गत जनवरी १ तारिखका दिन टोकियोको ओचुकास्थित जाप्पोन रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले कृष्णप्रसाद सापकोटा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकालका लागि चयन भएको २३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिलीप थापा, उपाध्यक्ष द्वयमा कृष्ण घिमिरे र हरि खराल, सचिवमा गोकुल खत्री, सहसचिवमा घनश्याम सापकेटा र कोषाध्यक्षमा टेकबहादुर भण्डारी रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा रविन कक्षपती, पुरन जीसी, लक्ष्मण सापकोटा , विक्रम केसी, ईश्वरी सापकोटा , रेशम रायमाझी, लक्ष्मण सापकोटा, सलभसन केसी, चेतबहादुर खत्री, तेजबहादुर रायमाझी, महेन्द्र सापकोटा , प्रकाश जीसी, प्रिन्सेस खरेल, रमा सापकोटा, होमलाल सापकोटा र बिजेन्द्र जिसी श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले वामी सेवा समिति जापानको अष्ट्रेललिया सम्बद्व सदस्यमा जनकराज गौतम र लालबहादुर केसीलाई चयन गरेको छ।


अधिवेशनमा समितिको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने केही व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अष्ट्रेलियाबाट जापान भ्रमण गर्न आउनु भएका जनकराज गौतम, शिवलाल सापकोटा, पिताम्बर सापकोटा र उहाँहरुकी धर्मपत्नी रहनु भएको थियो । त्यसैगरी, नेपालबाट जापान भ्रमणमा आउनु भएकी वामी ३ सिउडीनी निवासी नन्दा काफ्लेलाई खादा तथा पुष्पगुच्छाले स्वागत गरिएको थियो । त्यसैगरी, वामी सेवा समिति जापानलाई स्थापना कालदेखि अनवरत रूपमा संस्थाले दिएको जिम्वेवारीलाई वहन गर्दै संस्थाको लागि अतुलनीय योगदान पुर्याउनु हुने पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, अभिभावक परिषद्का सदस्यहरूलाई सम्मान गरिएको थियो ।


सचिव गोकुल खत्रीको संचालन रहेको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटा शर्माको स्वागत मनतव्य रहेको थियो । कोषाध्यक्ष बिष्णुप्रसाद सापकोटाले दुई बर्ष कार्यकालमा संस्थाले सामाजिक क्षेत्रमा गरेका योगदानहरू झण्डै रू ६० लाख बराबरको सहयोग विवरण प्रस्तुत गर्नु भएको थियो भने सो कार्यक्रममा शा. वि. म. मा. वि. वामी मैदानको भवन निर्माण सहयोगार्थ जनकराज गौतमबाट रू ५१ हजार, पिताम्बर सापकोटाबाट रू ६१ हजार, शिवलाल सापकेटाबाट रू ५१ हजार सहयोग घोषणा गर्नु भएको थियो । बन्द सत्रमा सचिव गोकुल खत्रीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदा उपर छलफल गरी सर्वसम्मतले पारित गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया