मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – विविध कार्यक्रम सहित मालिका समाज बाग्लुङ जापानले अंग्रेजी नयाँ बर्ष २०१७ मनाएको छ । शुभकामना आदानप्रदान, उपहार कार्यक्रम (चिट्ठा) को नतीजा सार्वजनिक तथा सांगितिक कार्यक्रमका साथ जापानको टोकियोमा भव्यताका साथ नयाँ बर्ष मनाएको हो । 

कार्यक्रममा बोल्दै बिहुँकोट समाज जापानका संरक्षक तथा सफल व्यावसायी दीपक सुबेदीले सहकार्यका साथ घर देशको विकास निर्माणमा हातेमालो गरेमा मात्र नतीजा मूलक काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा जनसम्पर्क समिति जापानका सभापति डीपी कंडेल, बिहूँकोट समाज जापान का अध्यक्ष देबीलाल सूबेदी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा चर्तित गायक सूर्य खड्का, रामकृष्ण बम मल्ल र नारायण कंडेलले सांगितिक प्रस्तुतिबाट मनोरञ्जन दिएका थिए । मालिका समाज बाग्लुङ जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा सचिव बिनोद सापकोटाले स्वागत मन्तब्य र विष्णु सापकोटाले सञ्चलन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया