Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नु पर्ने बताउनु भएको छ । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सार्वभौम सरकारले भित्रि वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै मधेशी मोर्चाका नेताहरुको परिवर्तन हुने बानी मधेशकै जनताले बुझिसकेका कारण तोकिएकै समयमा निर्वाचन गरिनुपर्ने बताउनु भयो ।

मधेशी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेंले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्न सकिने र बाँकि रहेका स्थानमा पछि निवार्चन गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले संसदमा संशोधन बिधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसदबाटै निर्वाचन सम्बन्धि बिधेयक पास गरि तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया