Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – लामो समय देखी घाँसी नेपाल नामक गैर सरकारी संस्थाले भुकम्प प्रभावित विद्यालयको पुननिर्माण कार्यलाई तिव्र रुपमा अगाडि बढाइरहेको छ । 

गोरखा जिल्लाको जनकल्याण उ.मा.वि र काठमाडौंको रामकोट स्थित बालबोध मा.वि. विद्यालय भवनको काम सके सँगै श्रमदाताहरुको सहयोगमा काठमाडौं कागेश्वरि मनोहरा २ गागल फेदीमा रहेको हर्श निम्न माध्यमिक विद्यालयको भवन निर्माण कार्यलाई अगाडी बढाएको छ ।

‘देश निर्माणमा हाम्रो हात श्रमदान गरि नयाँ वर्षको गरौँ सुरुवात’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०१७ को पहिलो दिन घाँसी आर्दश समाज नेपालमा आवद्ध सदस्यहरुको समुलहले श्रमदान गरेर विद्यालय भवनको काममा सहयोग गरेका छन् ।

केही संस्थाको आर्थिक सहयोग र सदस्यहरुबाट श्रमदानबाट भूकम्पबाट प्रभावित विद्यालयको निर्माण गर्न सफल भएको कार्यक्रम संयोजक शंकु जैसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया