Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – ब्राजिलको एक जेलमा कैदीबन्दीबिच भएको झडपमा परि ५६ जनाको मृत्यु भएको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानाउसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् । 

जेलमा १७ घण्टासम्म झडप भएको थियो । कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए । तर १७ घण्टापछि कैदीले आत्मसमर्पण गरे । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी त्यही मौका छोपेर भागेका छन् । भागेका मध्ये ४० जनालाई पक्राउ गरिएको सरकारी अधिकारीले बताएका छन् ।

चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी छन् । ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप सुरु भएको हो । त्यसपछि १७ घण्टासम्म झडप भयो ।

तपाईको प्रतिक्रिया