Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

कञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताउनुभएको छ ।

मिडिया नेपाल, कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेर मात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो । 

मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै उहाँँले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताउनुभयो । संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै उहाँले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अर्का वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले लामो समय संसद् अवरुद्ध हुनु उपयुक्त नभएको बताउँदै ८१ प्रतिशत हिन्दू रहेको मुलुकमा ठूला दलहरुले धर्म निरपेक्ष घोषणा गरेर गम्भीर त्रुटी गरेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया